Banijya News

तोलामा १३ सयले घट्यो सुनको भाउ

1
1.1K Shares

बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ३ सय रुपैयाँ थियो ।

यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको २२७५ रुपैयाँमा कारोबार भएको चाँदी आज २२६० रुपैयाँमा झरेको छ । यसअघि गत सोमबार चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला २३१५ रुपैयाँ पुगेको थियो ।

1

Scroll to Top