नेपालको विद्युत चीनमा लैजानेगरी विद्युतीय प्रसारणलाइनको संभाव्यता अध्ययन गर्ने विषयमा हस्ताक्षर भएको छ। सोमबार अर्थमन्त्रालयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग ९सिड्का०का अध्यक्ष चेन सियाओदोङ्गबीच हस्ताक्षर भएको हो।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंगको भेटवार्तापछि नेपालको विद्युत सिमापार पु(याउने विषयमा अध्ययन हुने भएको छ। अवसरमा रसुवागढी केरुङ्ग सिमापार ट्रान्समिसन लाईन निर्माणको निर्माणको सम्भाव्यता अध्ययन गर्ने माइन्युटमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्ष सियाओदोङ्गले हस्ताक्षर गरेका छन्।
अब रसुवागढी केरुङ्ग ट्रान्समिसन लाइन निर्माण सम्बन्धि सम्भाव्यता अध्ययनको काम अगाडि बढ्ने भएको छ।


