Banijya News

आधाभन्दा बढीले घट्यो मनकामना इन्जिनियरिङ्गको खुद नोक्सानी

1
1.1K Shares

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड २ करोड ७ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीले खुद नोक्सानी आधाभन्दा बढीले घटाएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनी ४ करोड १६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा थियो ।

गत वर्ष कम्पनीको आम्दानी १० प्रतिशत बढेको र वित्तीय खर्च करीब २७ प्रतिशत घटेकाले खुद नोक्सानी कम हुन सहयोग मिलेको हो । अघिल्लो आर्थिक वर्षमा १० करोड ९३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षमा १२ करोड ४६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो ।

त्यस्तै अघिल्लो आर्थिक वर्षमा ९ करोड २७ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले गत आर्थिक वर्षमा ६ करोड ७८ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँ छ भने जगेडा कोष रकम १२ करोड रुपैयाँभन्दा बढी छ । वार्षिक २ रुपैयाँ ६० पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ६३ रुपैयाँ ७७ पैसा छ ।

1

Scroll to Top