काठमाण्डौको भृकुटीमण्डमा पाँच दिनदेखि चलिरहेको नाइमा मोबिलिटी एक्स्पो आज सकिँदै छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले अवलोकनकर्ताको उपस्थिति बढेपछि एक्स्पो अवधि एक दिन थपेर आजसम्म पुर्याएको हो । एक्स्पोको पाँचौ दिनसम्म अवलोकनकर्ताको घुइँचो देखिएको थियाे ।
विभिन्न खालका गाडी अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ गर्ने, साथै खरिद गर्नेहरूको घुइँचो रहेको आयोजकले जनाएको छ ।
अहिलेसम्म ९१ हजारभन्दा बढीले एक्स्पोको अवलोकन गरेका छन् । नाइमाका अनुसार, एक्स्पोको पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार पाँच सय, तेस्रो दिन १९ हजार पाँच सय, चौथो दिन २१ हजार पाँच सय र हिजो २२ हजार जना अवलोकनकर्ताले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सहभागिता जनाएको आयोजकले जनाएको छ ।
एक्स्पोमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् । ४८ वटा स्टल रहेको एक्स्पोमा २१ वटा कार ब्रान्ड, १८ वटा दुईपांग्रे ब्रान्ड र आठवटा व्यावसायिक गाडीका ब्रान्ड सहभागी छन् ।


