टिकटकबाट चिनिएकीआभा ढुंगाना फिल्म ‘कश्यप’बाट फिल्ममा डेब्यू गर्दैछिन् । निर्देशक दिनेश खड्काका अनुसार, कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको हो ।
अडिसनबाट उनलाई छनोट गरिएको निर्माताले जनाएका छन् । उनको प्रतिभा तथा पर्फमेन्सलाई ध्यानमा राखेर फाइनल गरिएको जनाइएको छ । आभाले यस फिल्मको लागि एक्सन दृश्यको प्रशिक्षण लिइरहेकी छन् ।
उनी भन्छिन्, ‘कथा, संगीत र सम्पूर्ण पक्षलाई उत्कृष्ट बनाउन निर्माण टोलीले अत्यन्तै मेहनत गरिरहेको छ । मलाई विश्वास छ, यो फिल्मले दर्शकलाई मनोरञ्जन मात्र होइन, राम्रो सन्देश पनि दिनेछ’ उनले भनिन् ।
यस फिल्मबाट बालकलाकार रिद्धी खत्रीले पनि फिल्ममा डेब्यू गर्ने निश्चित भएको छ । रिद्धी पनि अडिसनबाट छनोट भएकी हुन् ।
यसअघि फिल्मले पहिलो झलक सार्वजनिक गरेको छ जहाँ अभिनेता सविन श्रेष्ठ फिचर्ड छन् । लभस्टोरी, एक्सन र सांगीतिक तत्व मिश्रण हुने फिल्मको छायांकन चाँडै सुरु हुने जनाइएको छ ।


