Banijya News

चाँदी आयात गर्न एक पटकमा पाँच लाख डलरसम्म साट्न पाइने

1
1.1K Shares

अब उद्योगलाई औद्योगिक कच्चा पदार्थको रूपमा आवश्यक पर्ने चाँदी खरिदको लागि एक पटकमा पाँच लाख डलरसम्म सटही सुविधा पाइने भएको छ।

राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघि एक पटकमा तीन लाख डलरसम्म मात्रै सटही गर्न सक्ने व्यवस्था थियो।

सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आवश्यक पर्ने चाँदी आयात गर्न सक्ने व्यवस्था छ।

तर, सुनचाँदी व्यवसायीले आयात गर्दा प्रतिपटक एक लाख डलर बराबरको सटही सुविधा पाउने व्यवस्था यथावत नै राखिएको छ।

1

Scroll to Top