Banijya News

मन्त्री दाहाल भन्छन्ः दसैँमा सवारीको भाडा बढाउने योजना छैन

1
1.1K Shares

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यो वर्षको चाडपर्वमा सवारीको भाडा दर नबढाउने बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन’ उनले भने- ‘भाडा बढ्ला कि भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन ।’ साथै चाडपर्वमा सडक यातायात सहज बनाउन भौतिक मन्त्रालय तयारी अवस्थामा रहेको जानकारी समेत उनले दिए ।

यस्तै मन्त्री दाहालले विपदबाट क्षतिग्रस्त सडक मर्मत सम्भारका लागि पहल भइरहेको जानकारी गराए । ‘अहिले चीनसँग जोड्ने रसुवागढी र तातोपानी नाका दुवै ठप्प भएकाले आपूर्ति नै ठप्प छ । तत्काल कोदारीको पहिरो मर्मत गरी अरनिको राजमार्ग सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ ।’

1

Scroll to Top