Banijya News

नख्खु कारागारमा रवि लामिछानेको स्वास्थ्यमा समस्या

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ। रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आएका लामिछानेलाई स्वास्थ्य समस्या देखिएपछि ट्रमा सेन्टरका स्वास्थ्यकर्मीलाई कारागारमै बोलाएर परीक्षण गरिएको रास्वपा नेता दीपक बोहराले जानकारी दिए।

उनका अनुसार लामिछानेलाई रुपन्देहीबाट ल्याउँदा नै हातको छाला पहेंलो देखिएको थियो। लामो समयसम्म बाहिर ननिस्किनु र स्वास्थ्य परीक्षण नियमित नभएकाले पनि यस्तो समस्या देखिएको हुनसक्ने अनुमान गरिएको छ। हाल लामिछानेको रगत परीक्षण भइरहेको बोहराले बताए। लामिछानेलाई गत शनिबार रुपन्देहीबाट नख्खु कारागार सरुवा गरिएको हो।

1

Scroll to Top