Banijya News

‘माग्ने राजा’लाई अस्ट्रेलियाका २५ हलमा सयभन्दा बढी शो

1
1.4K Shares

चलचित्र ‘माग्ने राजा’ले अस्ट्रेलियामा २५ हलमा सयभन्दा बढी शो पाएको छ । भदौ ६ देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र अस्ट्रेलियाका विभिन्न सहरका २५ हलमा प्रदर्शनमा आउने भएको हो ।

अस्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले चलचित्र सयभन्दा बढी शोसहित रिलिज हुने बताएको छ ।

हलमा प्रदर्शन हुने भएसँगै चलचित्रको बुकिङसमेत खुला गरिएको छ । अस्ट्रेलियामा लामो समयपछि नेपाली चलचित्र हलमा रिलिज हुन लागेको हो ।

‘माग्ने राजा’को मुख्य भूमिकामा केदार घिमिरे (माग्ने बुढा) छन् । उनीसँगै चलचित्रमा वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङदेललगायत कलाकारको अभिनय छ ।

मुनाल घिमिरेले निर्माण गरेको चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् । मित्र गुरुङको सम्पापन, नरेन्द्र मैनालीको छायांकन, सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको चलचित्रमा सामीप्यराज तिमल्सेनाको लेखन रहेको छ ।

1

Scroll to Top