Banijya News

प्रधानमन्त्री ओलीले आज सांसदका प्रश्नको जवाफ दिने

1
1.1K Shares

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदको प्रश्नको जवाफ दिने कार्यसूची छ।

प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिन लागेका हुन्। यो प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ।

बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ।

1

Scroll to Top