नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबीच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई तत्काल कुटनीतिक पहल गर्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै खतिवडाले प्रधानमन्त्रीको आसन्न चीन र भारत भ्रमणका अवसरमा यस विषयलाई उच्चस्तरमा उठाउनुपर्नेमा जोड दिए। उनले सीमा विवादजस्ता संवेदनशील मुद्दामा दल, जात वा समूहभन्दा माथि उठी राष्ट्रिय स्वाभिमान र एकताका लागि सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। उनले प्रधानमन्त्रीको आसन्न भ्रमणका क्रममा दुई देशका प्रमुखसँग आफ्नो स्ट्यान्ड स्पष्टसँग राख्न आग्रह गरे।
उनले तिब्बती क्षेत्रमा हिमताल फुटेर आएको बाढीप्रति चिन्ता व्यक्त गर्दै त्यसबारे समेत दुई देशबीच आपसी सहकार्य र समन्वय हुनुपर्ने बताए।


