Banijya News

नेपालको सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु

1
1.1K Shares

नेपालले यस वर्षको सोभरेन क्रेडिट रेटिङको लागि तयारी सुरु गरेको छ। आज अर्थ मन्त्रालयमा बसेको एक बैठकले नेपालको आर्थिक र सुशासनका क्षेत्रमा भएका सुधारहरुलाई व्यवस्थित रुपमा प्रस्तुत गर्ने निर्णय गरेको छ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा गरेको प्रगतिबारे राम्रो सन्देश दिन निर्देशन दिनुभएको छ। छलफलमा अर्थतन्त्र, राजनीतिक स्थिरता, पूर्वाधार, र पर्यटन जस्ता क्षेत्रमा भएका उपलब्धिहरुलाई प्राथमिकता दिइएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, अर्थ सचिव घनश्याम उपाध्याय, लगायतका उच्च अधिकारीहरु पनि बैठकमा उपस्थित थिए।

अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचले नेपालको रेटिङ गर्नेछ। फिचको टोलीले नेपालको अवस्था बुझ्न चाँडै भ्रमण गर्नेछ। गत वर्ष फिचले नेपाललाई ‘बीबी माइनस’ रेटिङ दिएको थियो।

1

Scroll to Top