Banijya News

जेन-जी आन्दोलनमा प्रहरीको गोली लागेर थप दुई जनाको मृत्यु

1
1.2K Shares

आज काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा थप दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा तिन जनाले ज्यान गुमाएका हुन् ।

मृत्यू हुनेहरुको पहिचान खुलेको छैन । सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यु भएको प्रहरी स्रोतले पुष्टि गर्यो ।

अर्का एक प्रदर्शनकारी संसद भवनको गेटमै गोली लागेर ढले । उनको ‘अन द स्पट डेथ’ भएको छ । यसैगरि, ट्रमा सेन्टरमा पनि थप एक आन्दोलनकारीको मृत्यु भएको प्रहरी स्रोतले बतायो । तर यसको स्वतन्न पुष्टि भएको छैन ।

1

Scroll to Top