Banijya News

जेनजीको प्रदर्शन अराजक बनेपछि संसद भवन सेनाको नियन्त्रणमा

1
1.2K Shares

नयाँ बानेश्वरस्थित संसद भवन क्षेत्रमा ‘जेनजी’को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि नेपाली सेनाको नियन्त्रणमा आएको छ । आज बिहानदेखि माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्रमा प्रवेश गरेपछि अराजक बनेर तोडफोड र आगजनीमा उत्रिए पछि संसद भवन सुरक्षाका लागि नेपाली सेनाले नियन्त्रण लिएको हो ।

सुरक्षाका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँका विभिन्न स्थानमा कफ्र्यू आदेश जारी गरेको छ । सोमबार दिउँसो ‘जेनजी’ नामले परिचित युवाहरूले नयाँ बानेश्वर क्षेत्रका सडकमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए ।

1

Scroll to Top