देशभर फैलिएको जेन-जी आन्दोलन उग्र बन्दै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः मौनता तोडेका छन्। उनले मुलुकमा देखिएको संकट समाधानका लागि वार्ता र संवादकै बाटो रोज्नुपर्नेमा जोड दिंदै सर्वदलीय बैठक आह्वान गरेका हुन्।
ओलीले आन्दोलनलाई लोकतान्त्रिक अभ्यासको हिस्सा भने पनि हिंसात्मक घटनाले राष्ट्रलाई थप संकटमा धकेल्ने चेतावनी दिएका छन्।
सरकारमाथि तीव्र आलोचना भइरहेका वेला आएको प्रधानमन्त्रीको यो अभिव्यक्ति र सर्वदलीय बैठकलाई राजनीतिक वृतले विशेष महत्वका साथ हेरिरहेको छ।


