Banijya News

देउवाको छोरा जयविरको लगानी भनिएको हिलटन होटेलमा तोडफोड

1
1.3K Shares

काठमाडौंको हिलटन होटेलमा पनि आन्दोलनकारीहरूले तोडफोड गरेका छन् । यो होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवाको छोरा जयविर देउवाको लगानी रहेको प्रचार गरिएको थियो ।

यो होटलको नक्सा पास नभएको खुलेको छ । भवनको नियमनकारी निकाय काठमाडौं महानगरपालिकाको तथ्याङ्कमा दुवै होटलको नक्सा पास नभएको खुलेको हो । काठमाडौँ महानगरपालिका शहरी व्यवस्थापन विभागका अनुसार महानगरको कम्प्युटर अभिलेखमा दुवै होटलको नक्सा देखिएको छैन ।

शंकर ग्रप त्यहि ‘विवादित’ घराना हो, जो कालोबजारी गर्दै र सरकारी कर छल्दै आएको छ । अब त्यसले नेप्सेमार्फत कारोबार हुँदै गरेको सेयर बजारलाई विस्थापित गर्ने उद्देश्यसहित नयाँ कम्पनी खडा गरेर तयारी गरिरहेको छ ।

हिल्टन होटलमा शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालको ९० प्रतिशत शेयर स्वामित्व रहेको भनिएपनि भित्री रुपमा देउवा परिवारको लगानी रहेको हल्ला छ । होटल निर्माणका लागि ५ अर्ब २ करोड २० लाख रूपैयाँ बैंक ऋणको रेटिङ समेत गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३९ अनुसार नक्सा पास नगरी भवन निर्माण गर्नु गैर कानुनी हो । त्यस अनुसार कसैले नक्सा पास नगरी कुनै भवन बनाएको पुष्टि भएमा पाँच लाख रूपैयाँसम्म जरिवाना गरी प्रमुखले सो भवन वा त्यो कुनै भाग भत्काउन आदेश दिन मिल्ने उल्लेख छ । तर यी दुवैलाई कारबाही भएको कुनै जानकारी छैन ।

1

Scroll to Top