Banijya News

संयमित बनौँ, हामी फेरि उठ्छौँ: एमाले महासचिव शंकर पोखरेल

1
1.2K Shares

जेनजी आन्दोलनबाट सरकारको नेतृत्वबाट बाहिरिएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्रतिकुल अवस्थामा संयमित बन्नुपर्ने बताएका छन् ।

बुधवार सामाजिक सञ्जालमा उनले यस्तो अवस्थामा धैर्य गर्न र संयमित हुन सबैलाई आग्रह गरेका छन् । कवि नेत्रलाल अभागीको कविता सेयर गर्दै उनले भनेका छन्, ‘धैर्य गरौँ । संयमित बनौँ । हामी फेरि उठ्नेछौँ ।’

जेनजी आन्दोलनका कारण प्रधानमन्त्री केपी ओलीले मङ्गलवार नै राजीनामा दिएर बालुवाटार छाडिसकेका छन् भने देशभरका एमालेका कार्यालयसहित नेताहरूका घर तोडफोड र आगजनी गरेका छन् ।

1

Scroll to Top