Banijya News

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै जंगीअड्डा अगाडि विरोध

1
1.1K Shares

नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि युवाहरु विरोधमा उत्रिएका छन् । अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन खोजिएको भन्दै केही युवाहरु विरोधमा उत्रिएका हुन् ।

जेनजी आन्दोलनको माग कार्कीलाई सरकार प्रमुख बनाउनका लागि नभएको युवाहरुको भनाइ छ । जंगीअड्डा अगाडि समाचार संकलनका लागि त्यहाँ पुगेका भारतीय मिडियाहरुविरुद्ध पनि युवाहरुले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले ‘गो ब्याक इण्डिया’ भन्दै विरोध गरिरहेका छन् ।

1

Scroll to Top