Banijya News

लामो समय पछि पार्टी कार्यालयमा देखिए प्रचण्ड

1
1.2K Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्। जेनजी आन्दोलनका क्रममा आगजजी र तोडफोड भएको पार्टी कार्यालय अवलोकन गर्न आज पुगेका हुन्।

जेन जी आन्दोलनले उग्र रूप लिएपछि प्रचण्ड २४ गतेदेखि सेनाको सुरक्षामा थिए। नयाँ अन्तरिम सरकार गठन भएपछि प्रचण्ड पार्टीको काममा फर्किएका हुन्।

केन्द्रीय कार्यालय अनुगमन गरेपछि प्रचण्डले भने, ‘देशभरका कार्यकर्ताहरुको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ ।’ पार्टी कार्यालय कहाँ बन्छ भनेर उनले खुलाएनन् ।

अवलोकनपछि उनले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरु जोगिएको बताए ।

1

Scroll to Top