Banijya News

प्रधानमन्त्री कार्कीसँग मोदीको फोन संवाद

1
1.2K Shares

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग फोनमा कुराकानी गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै मोदीले भनेका छन्, ‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। हालै भएको दुखद मृत्युप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थनलाई पुन: पुष्टि गरें। साथै, मैले भोलि राष्ट्रिय दिवसमा उहाँ र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरें।’

दुईबिचको कुराकानीमा जेन–जी आन्दोलनमा भएको जनधानको क्षतिबारे पनि कुरा भएको छ। साथै, मोदीले संविधान दिवसको शुभकामना समेत दिएको जानकारी गराएका छन्। यसअघि मोदीले सामाजिक सञ्जाल र मणिपुरको एक कार्यक्रममा पनि कार्कीलाई बधाई दिएका थिए।

1

Scroll to Top