Banijya News

दुई सातापछि कारागार फर्किए टोपबहादुर रायमाझी

1
1.2K Shares

नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी कारागार फर्किएका छन्। भदौ २४ गते जेनजीको आन्दोलनपछि रायमाझी सुनधारा कारागारबाट अन्य कैदीबन्दीसँगै फरार भएका थिए। तर, उनी सोमबार साँझ आफैँ कारागार पुगेको जेलर कृष्णप्रसाद चापागाईँले नेपालखबरलाई जानकारी दिए।

यसअघि सुनधारा कारागारमा रहेका रायमाझीलाई कारागारसमेत सरुवा गरिएको छ। उनलाई डिल्ली बजार कारागार पठाइएको चापागाइँले बताए।रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।

डिल्लीबजार कारागारका धेरै कैदीबन्दी सुन्धारा कारागार राखिएको छ। यसअघि भदौ २५ गते डिल्लीबजार कारागारमा आगो लगाएर कैदीबन्दी भाग्ने प्रयास गरेपछि जेलबाहिरबाट नेपाली सेनाले फर्काएको थियो।

फर्काइएकाहरूलाई सुन्धारामा राखेपछि रायमाझीलाई भने डिल्लीबजार लगिएको हो। जेलबाट बाहिर निस्किएपछि रायमाझीले अवस्था सामान्य भएपछि आफैँ उपस्थित हुने भन्दै फोन गरेका थिए। अन्य कैदीबन्दी पनि कोही आफैँ र कसैलाई पक्राउ गर्दै फर्काउने काम भइरहेको छ।

देशका २७ वटा कारागारमा १४ हजार ५५५ जना कैदीबन्दी फरार भएका थिए। ती मध्ये ६ हजार ९८४ जना फिर्ता भइसकेका छन्। अझै ७ हजार ५७१ जना कैदीबन्दी भागिरहेका छन्। केन्द्रीय कारागार सुन्धाराबाट ३ हजार ५२३ जना कैदीबन्दी फरार भएका थिए।

1

Scroll to Top