काठमाडौं महानगरपालिकाले सिटी मार्केटका पसलहरू ३ महिनाभित्र खाली गर्न निर्देशन दिएको छ। महानगरले गणेश इलेक्ट्रोनिक्ससँगको सम्झौताअनुसार कार्य नभएको जनाएको छ र वडा कार्यालय भवन बनाइनेछ। व्यवसायीहरूले महानगरले तोकेको रकम दाखिला गरेपछि धरौटी फिर्ता पाउनेछन्। काठमाडौँ महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका सिटी मार्केटका पसलहरू खाली गर्न ३ महिनाको अल्टिमेटम दिएको छ ।
महानगरको राजस्व विभागले जारी गरेको सार्वजनिक सूचनाअनुसार, मार्केटलाई आय ठेक्कामा लगाउने सम्बन्धमा गणेश इलेक्ट्रोनिक्ससँग २०७९ पुस २२ गते सम्झौता भएको थियो । तर सम्झौताअनुसार कार्य नभएको र सो सिटी मार्केट भत्काई वडा कार्यालय भवन निर्माण गर्न सम्बन्धित वडाबाट माग भई आएको महानगरले जनाएको छ ।
हाल सिटी मार्केटमा रहेका २७ जना व्यवसायीहरूलाई ३ महिनाभित्र अन्यत्र सरेर उक्त स्थान खाली गरिदिन महानगरले निर्देशन गरेको हो । महानगरले यस सार्वजनिक सूचनामार्फत सिटी मार्केटका पसल कवलमा व्यवसाय गर्ने सबै व्यवसायीहरूलाई उक्त निर्णयबारे जानकारी गराएको हो ।


