Banijya News

अखिलले बालेन र सुदन गुरुङविरुद्ध देशैभरबाट उजुरी दिने

1
1.2K Shares

एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र हामी नेपालका संस्थापक अथवा जेनजी अगुवा सुदन गुरुङविरुद्ध जाहेरी दिने भएको छ । उनीहरुविरुद्ध देशभरका सबै जिल्ला प्रहरी कार्यालयहरूमा उजुरी लागेको अखिलले जनाएको हो ।

जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको आरोपमा अखिलले साह र गुरुङविरुद्ध जाहेरी दर्ता गर्ने जनाएको छ। अखिलले आजदेखि नै देशका विभिन्न जिल्लामा क्रमिक रूपमा जाहेरी दर्ता प्रक्रिया सुरु गर्ने बताएको हो।

उनीहरूले मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिई सकेका छन्, तर प्रहरीले भने सरकारी वकिल कार्यालयसँग छलफल गरेर २४ घण्टाभित्र जानकारी दिने भन्दै उजुरी दर्ता गर्न मानेको छैन ।

1

Scroll to Top