Banijya News

विपिन जोशीबारे जानकारी लिन इजरायली पक्षसँग निरन्तर सम्पर्कमा छौँ : नेपाली राजदूतावास

1
1.3K Shares

इजरायल र हमास दुवै पक्ष गाजा शान्ति योजनाको पहिलो चरणमा सहमत भएसँगै विपिन जोशी पनि मुक्त हुने अपेक्षा बढेको छ ।

शान्ति योजनाअन्तर्गत इजरायल र हमास दुवै पक्षबीच युद्धविराम र बन्धक साटासाट सम्झौता हुने र बन्धकहरूको सूची साटासाट भएको समाचार अन्तरराष्ट्रिय समाचारमाध्यमहरूले दिएपछि विपिनबारे नेपालको चासो र उनी मुक्त हुने अपेक्षा बढेको हो ।

विपिनको अवस्था र मुक्तिसम्बन्धमा इजरायलस्थित नेपाली राजदूतावासले इजरायल-हमासबीच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि ७२ घण्टाभित्र बन्धकहरू छाड्ने समाचार इजरायली सञ्चारमाध्यमहरूले दिइरहेको केहीबेरअघि जानकारी दिएको छ ।

आर्थिक अभियानले विपिनको अवस्था र मुक्ति तथा बन्धकहरूको सूचीमा उनको नाम समावेश रहे नरहेकोबारे सोधेको प्रश्नमा तेल नेपाली दूतावासका नियोग उपप्रमुख कुमारबहादुर श्रेष्ठले विपिनको अवस्थाबारे दूतावासलाई कुनै जानकारी प्राप्त नभएको बताएका छन् ।

उनले आर्थिक अभियानलाई ई-मेलमार्फत ‘त्यसरी छोडिने बन्धकहरूमा नेपालका विपिन जोशीको अवस्थाका सम्बन्धमा यस राजदूतावासलाई आधिकारिक पक्षबाट कुनै जानकारी प्राप्त भएको छैन’ उल्लेख गरेका छन् ।

उनले ई-मेलमार्फत ‘इजरायलका सरकारी अधिकारीहरूबाट पनि केही प्राप्त नभएको कारण यस राजदूतावास निज जोशीका सम्बन्धमा जानकारी लिन इजरायली पक्षसँग निरन्तर सम्पर्कमा रहेको व्यहोरा जानकारी गराइन्छ’ जनाएका छन् ।

विपिनको मुक्तिका लागि उनका आमा र बहिनी अमेरिकामा रहेका छन् । यतिवेला भाइरल बनेको विपिनको भिडियो भने अहिलेको नभएर पुरानो भएको अनुमान गरिएको छ ।

1

Scroll to Top