Banijya News

मुलुक अहिले पनि ठूलो भ्याकुममा जान सक्ने खतरा छ : सञ्चारमन्त्री

1
1.2K Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने विषयमा दुविधा नराख्न आग्रह गरेका छन् ।

आइतबार नेपाल पत्रकार महासंघको कार्यालय सञ्चारग्राम पुगेका खरेलले जेन-जी आन्दोलनमा भएको घुसपैठ र त्यसक्रममा भएको तोडफोड र आगजनीमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेकाले कुनै दुविधा नराख्न भनेका हुन् ।

फागुन २१ गते तोकिएको निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गरिने भन्दै उनले सबै राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुने विश्वास जनाए । अहिले दलहरूसंगको संवादहिनता अन्त्य भएकाले मुलुक निर्वाचनमा होमिएको उनको भनाइ थियो ।

1

Scroll to Top