प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद्मा चारजना ‘जेनजी मन्त्री’ थप्न लागेको भन्ने खबर आधिकारिक नभएको पाइएको छ । कार्की स्वयम्ले यसलाई खण्डन गरेकी छन् ।
जेनजीका तर्फबाट गणपति लाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोमलाई नियुक्त गर्न लागिएको समाचार शुक्रबार केही मिडियामा आएका थिए । यो विषयमा हिजो राष्ट्रपति कार्यालयमा जेनजी युवाहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रश्न गरे ।
आफूहरुसँग छलफलबिनै ‘जेनजी मन्त्री’ नियुक्त गर्न लागिएकोप्रति उनीहरुले असन्तुष्टि जनाएका थिए । तर, प्रधानमन्त्री कार्की कुनै पनि नयाँ मन्त्रीको टुंगो नलागेको बताइन् ।


