जेनजी आन्दोलनका कारण क्षति पुगेको चन्द्रागिरि र मौलाकाली केवलकार तिहारपछि सञ्चालनमा आउने भएको छ। दसैअघि नै यी दुबै केवलकारमा भएको क्षतिबारे अष्ट्रियन कम्पनीले अध्ययन गरेको थियो। अध्ययनको रिपोर्ट भने आउन बाँकी रहेको आइएमए ग्रुपले जनाएको छ।
यद्यपी अहिले क्षति भएका संरचना बनाउने काम अघि बढेको स्रोतले बताएको छ। ‘ मौलाकाली केवलकारको पनि मर्मतको काम सुरूभएको उनले बताए।


