Banijya News

६९ लाख करदाताले लिए स्थायी लेखा नम्बर

1
1.2K Shares

६९ लाख ९९ हजार करदाताले स्थायी लेखा नम्बर लिएका छन् । अर्थ मन्त्रालयलका अनुसार एक वर्षमै ठुलो सङ्ख्यामा करदाता थपिएका छन् ।

२०८१ असार मसान्तमा स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ६२ लाख २६ हजार रहेकोमा २०८२ असारसम्म यस्तो सङ्ख्या ६९ लाख ९९ हजार पुगेको छ । २०८२ असारसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको सङ्ख्या ३ लाख ५१ हजार र अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या १ लाख २५ हजार पुगेको छ ।

यस अवधिमा दर्ता भएका कुल स्थायी लेखा नम्बरमा व्यावसायिक स्थायी लेखा नम्बर, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेहरू बढेका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा सरकारले कुल १२ खर्ब ८४ अर्ब रुपैयाँ कर राजस्व सङ्कलन गरेको छ । यसमा भन्सारबाट ३ खर्ब ७ अर्ब, मूल्य अभिवृद्धि करबाट ३ खर्ब ८६ अर्ब, अन्तःशुल्कबाट १ खर्ब ९४ अर्ब र शिक्षा सेवा शुल्कबाट ४ अर्ब रुपैयाँ सङ्कलन भएको छ । गत वर्ष सरकारको कुल राजस्व सङ्कलन १४ खर्ब १० अर्ब रुपैयाँ रहेकोमा १ खर्ब ३५ अर्ब रुपैयाँ गैरकर राजस्वबाट आएको थियो । करदाताको सङ्ख्या र कर राजस्व दुवैमा देखिएको सकारात्मक वृद्धिले मुलुकको राजस्व प्रणाली बलियो हुँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

1

Scroll to Top