Banijya News

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको डीसीइओमा दीपक कुमार धूत नियुक्त

1
1.3K Shares

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृतमा दीपक कुमार धूतलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज २८ गते बसेको ४२औं बैठकले धूतलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

निवर्तमान डीसीईओ योगेश कृष्ण श्रेष्ठ उमेर हद पूरा भएर सेवाबाट अवकाश लिएपछि कम्पनीमा नायब महाप्रबन्धकको रूपमा कार्यरत धूतलाई जिम्मेवारी दिइएको हो।

धूत निर्जीवन बीमा क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव भएका दक्ष व्यवसाय रणनीतिकार हुन्। उनी इन्स्योरेन्स इन्स्टिच्युट अफ इन्डियाका फेलो मेम्बर समेत हुन्।

उनले इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटीबाट बजार व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। साथै उनले संयुक्त राष्ट्र विकास कार्यक्रमबाट इन्क्लुसिभ इन्स्योरेन्स सम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षकको उपाधि पनि हासिल गरेका छन्।

1

Scroll to Top