Banijya News

अन्नपूर्ण बेसक्याम्पबाट १६२ पर्यटकको उद्धार

1
1.1K Shares

भारी हिमपातपछि म्याग्दी जिल्लास्थित अन्नपूर्ण बेसक्याम्पमा फसेका १६२ पर्यटकको सशस्त्र प्रहरीले उद्धार गरेको छ। बेसक्याम्पमा हिमपहिरो आएका कारण उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उद्धारपछि अन्नपूर्ण बेसक्याम्प (म्याग्दीतर्फ) कोही पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् ।

सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन बेस नारच्याङ म्याग्दीबाट कात्तिक ११ गते उद्धारका लागि सुरक्षा फौज बेसक्याम्पतर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमान्डमा गएको फौजले १७ विदेशी पर्यटकसहित आज बिहानसम्म १६२ जनाको उद्धार गरेको हो । बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरूको डोरीको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बाटोमा रहेकालाई पनि सुरक्षाकर्मीले जोखिमका कारण फर्काएका छन्।

चक्रवात मोन्थाका कारण हिमाली क्षेत्रहरूमा भारी हिमपात भइरहेको छ। जसकारण उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरिएको छ।

1

Scroll to Top