Banijya News

एनपिएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनरको रूपमा ओमोडा एन्ड जेइको

1
1.2K Shares

ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग (एनपिएल)’ को सिजन २ मा ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउँदै, ओमोडा एन्ड जेइकोले एनपिएल सिजन २ को “म्यान अफ द टुर्नामेन्ट” लाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणा गरेको छ । यसअघि एनपिएलको सिजन १ मा पनि ओमोडा एन्ड जेइकोले ‘ड्रिभन बाइ’ सह-प्रायोजकको रूपमा सहकार्य गरेको थियो ।

ओमोडा एन्ड जेइको र नेपाल प्रिमियर लिग दुवैले ‘उत्कृष्ट पर्फमेन्स, लगाव तथा इनोभेसन’को दृष्टिकोणलाई बढावा दिने भएकोले यो सहकार्य त्यही साझा दृष्टिकोणस्वरूप भएको हो । देशकै सबैभन्दा लोकप्रिय क्रिकेट प्रतियोगिता एनपिएलले देशभरका क्रिकेटप्रेमीहरूलाई एकजुट गर्दै खेलप्रति विशेष उत्साह जगाउने तथा राष्ट्रको गौरव बढाउने कार्य गर्दै आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

एनपिएल सिजन २ का ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा, ओमोडा एन्ड जेइकोले उत्साहजनक ब्रान्ड गतिविधिहरू, फ्यान इन्गेजमेन्ट जोन र विशेष गाडी प्रदर्शनहरूमार्फत दर्शकहरूको अनुभवलाई अझ रोचक बनाउने विज्ञप्तिमा उल्लेख छ । सहकार्यको मुख्य आकर्षणका रूपमा ओमोडा एन्ड जेइकोले मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी “म्यान अफ द टुर्नामेन्ट” लाई ब्रान्डको प्रिमियम गाडी प्रदान गरिनेछ ।

1

Scroll to Top