नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता चिरन पुनले समाजवादको नेतृत्व अबको नेपाली कम्युनिस्ट पार्टीले गर्ने बताएका छन् ।
बुधबार भृकुटीमण्डपमा जारी नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनका उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अब देशमा नेपाली जनताको चााहनालाई वास्तविक अर्थमा पूरा गर्न एउटा क्रान्तिकारी पार्टी जन्मिएको बताए । उनले यो आन्दोलन कोसेढुंगाको रूपमा सावित हुने दाबी गरे ।
उनले विप्लवलाई एकताबाट पछाडि फर्किएको भन्दै एकतामा आउन आग्रहसमेत गरे । यसरी कम्युनिस्ट एकताबाट फर्किनु नेपालको इतिहासमा कुनै पनि मूल्य मान्यतामा सही वस्तुपरक नरहेको उनको भनाइ छ ।
नेता पुनले सबै क्रान्तिकारी कम्युनिस्ट धारलाई एउटै झन्डामुनि गोलबन्द हुन पनि आह्वान गरे ।


