Banijya News

नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरीयता

1
1.2K Shares

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न १० वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ ।

भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबीच एकता घोषणा गरिएको हो ।

एकता घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिएको छ । एकता घोषणासभामा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतम, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव चिरन पुनलगायत शीर्ष नेता तथा कार्यकर्ता सहभागी भएका छन् ।

सो पार्टीमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई तेस्रो वरियता दिइने भएको छ ।

बुधबार बिहान माओवादी केन्द्रका महाधिवेशन संयोजक प्रचण्डसहित शीर्ष नेताहरूबिच खनाललाई तेस्रो वरियता दिनेगरी सहमति भएको हो । यसअघि बामदेव गौतमलाई तेस्रो वरियतामा राखिएकोमा अब उनलाई चौथो वरीयतामा राखिने भएको छ । नारायणकाजी श्रेष्ठलाई पाँचौँ वरीयतामा राखिएको छ ।

एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ । सो अवसरमा उक्त पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ सार्वजनिक गरिएको हो ।

1

Scroll to Top