Banijya News

रवि लामिछानेको मुद्दामा जिल्लाबाट फाइल झिकाउन आदेश

1
1.2K Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छबिलाल जोशीको मुद्दामा जिल्ला अदालत रुपन्देहीले गरेको आदेश र मुद्दासँग सम्बन्धित फाइल झिकाउने आदेश भएको छ ।

आज उच्च अदालत बुटवल इजलासले उक्त आदेश गरेको हो । लामिछाने र जोशीको मुद्दामा न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको इजलासमा सुनुवाई भएको थियो ।

लामिछानेले बिगो बराबरको रकम धरौटी राखि थुना बाहिरै बसेर मुद्दाको पूर्पक्ष गर्न पाउ भन्दै निवेदन दिएका थिए । सोही प्रकारको निवेदन छबिलाल जोशीले पनि दिएका थिए । दुबै जनाको मुद्दाको सुनुवाई एकैपटक गर्नेगरी इजलास तोकिएको थियो ।

यसअघि कात्तिक १३ गते तोकिएको पेसीमा सुनुवाई स्थगित भएको थियो ।

1

Scroll to Top