Banijya News

बलिउड अभिनेता धर्मेन्द्रको निधनबारेको खबर पूर्ण रूपमा भ्रामक

1
1.3K Shares

बलिउड अभिनेता धर्मेन्द्रको निधनबारेको खबर पूर्ण रूपमा भ्रामक रहेको पाईएको छ । बलिउड अभिनेता धर्मेन्द्र देओलको मुम्बईमा रहेको ब्रीच क्यान्डी अस्पतालमा उपचार भइरहेको छ । ८९ वर्षीय धर्मेन्द्रको आज बिहान निधन भएको दाबीसहित बिहान भारतीय सञ्चारमाध्यममा खबर सार्वजनिक भएको थियो ।

तर छोरी ईशा देओलले आफ्नो बुबाको स्वास्थ्यबारे बोल्दै अफवाह फैलिएको उल्लेख गरेकि छन् । उनले स्वास्थ्य स्थिर रहेको जानकारी दिईन् ।

त्यस्तै धर्मेन्द्र पत्नी हेमा मालिनीले पनि डाक्टरको निगरानीमा उपचार भइरहेको बताईन् ।

त्यसअघि बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहले समेत धर्मेन्द्रको निधन भएको र परिवारमा समवेदना व्यक्त गरेका थिए । तर उनले पनि आफ्नो ट्वीट हटाएका छन् ।

श्वासप्रश्वासमा समस्या भएपछि धर्मेन्द्रलाई हिजो अस्पतालमा भर्ना गरिएको हो ।

1

Scroll to Top