Banijya News

भारतसँग महँगोमा विद्युत नकिनेको भए ३ अर्ब घाटा हुने थियो : ऊर्जा मन्त्री कुलमान

1
1.1K Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारसँग महंगोमा विद्युत नकिनेको भए ३ अर्ब रुपैयाँ घाटा हुने बताएका छन् । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सोमबार ऊर्जामन्त्री घिसिङले यस्तो यस्तो दाबी गरेका हुन् ।

भारसँग विद्युत खरिद सम्झौता गर्दा प्रतियुनिट भारतीय रुपैयँ २१ पैसा महँगोमा पीटीसी इन्डियासँग विद्युत् किनेर ३ अर्ब फाइदा गरेको उनको दाबी छ । नेपाल विद्युत् प्राधिकरणले पीटीसी इन्डियाले मागेभन्दा पनि महँगो दरमा बिजुली किन्दा तथा तिर्नै नपर्ने बिहार राज्य प्रसारण लाइनको ह्विलिङ चार्ज तथा चुहावट समेत नघटाएर करिब ४३ करोड रुपैयाँ गडबडी गरेको विषयमा राष्ट्रिय सभाका सांसद्हरूले प्रश्न उठाएपछि त्यसको जवाफ दिने क्रममा मन्त्री घिसिङले महँगोमा बिजुली किनेर घाटा होइन, नाफा गराएको दाबी गरे ।

‘प्रतियुनिट ६.९५ भारुमा बिजुली किन्ने सम्झौता गरेर हामीले ड्राइ सिजनमा बिजुली सुरक्षित गरेका छौं,’ उनले भने । उनले भोलिका दिनमा बिजुली अझै महँगो पर्ने सम्भावना भएकोमा अहिले नै महँगोमा सम्झौता गरिदिएर प्राधिकरणको पैसा जोगाइदिएको तर्क उनले गरे । ‘६.७४ भारु प्रतियुनिटमा सम्झौता नगर्ने तत्कालीन एमडी र बोर्डलाई कारबाही गर्नुपथ्र्यो,’ ऊर्जामन्त्री घिसिङले दाबी गरे, ‘त्यसबेला निर्णय नगर्ने, अझै उल्टो प्रचार गर्ने ?’ आफूहरूले राज्यको पक्षमा रही निर्णय गरेको उनको दाबी थियो ।

1

Scroll to Top