Banijya News

आगामी निर्वाचनका लागि हालसम्म ६१ दल दर्ता

1
1.1K Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हालसम्म ६१ दल दर्ता भएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा दर्ता भएकामध्ये ६१ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको जानकारी दिए। हालसम्म आयोगमा दर्ता कायम भएका दलको संख्या भने १३२ रहेको उनले बताए। निर्वाचनमा अधिकतम दलको सहभागीता सुनिश्चित गर्नका लागि आयोगले दल दर्तालाई प्राथमिकता दिएर काम गरिरहेको उनले बताए।

प्रवक्ता भट्टराईले प्रतिनिधिसभा निर्वाचनको घोषणा भएपछि मंसिर ५ गतेसम्म ८ लाख ३७ हजार जनाले नयाँ मतदाताका लागि निवेदन दिएको जानकारी दिए। प्राप्त भएका निवेदनउपर रुजू गरिसकेपछि फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाहरुको मतदाता नामावली प्रकाशित गर्ने उनले बताए।

प्रकाशित भएको नामावलीमा कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गते सच्चाउन सकिने उनले बताए। विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले बताए।

1

Scroll to Top