Banijya News

जेन-जी आन्दोलनमा क्षति पुगेका सवारीधनीले बीमाबाट पाए एक अर्ब भुक्तानी

1
1.1K Shares

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सवारीसाधनमा क्षति पुगेकाहरूले १ अर्ब रुपैयाँ बढी बीमा दाबी भुक्तानी पाएका छन् । आन्दोलनबाट २३०८ निजी सवारी साधनमा क्षति पुगेको भन्दै ३ अर्ब ४७ करोड ५३ लाख ४८ हजार रुपैयाँ क्षतिपूर्ति दाबी भएको थियो ।

सोमध्ये मंसिर १७ गतेसम्म १ अर्ब ८ करोड ६० लाख ७० हजार रुपैयाँ दाबी भुक्तानी भइसकेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।आन्दोलनका क्रममा साढे १२ हजार बढी निजी तथा सरकारी सवारी साधनमा आगजनी र तोडफोड गरिएको थियो । जसमा सरकारी सवारी साधनको बीमा नै नगरिएकाले दाबी परेको छैन । त्यस्तै, निजीतर्फ पनि क्षति पुगेका केही सवारी साधनको बीमा नभएकाले क्षतिपूर्ति दाबी गर्न पाएनन्।

कम्प्रिहेन्सिभ मोटर बीमा गरेकाहरूले मात्रै सवारी साधन क्षति भए बापत क्षतिपूर्ति पाउँछन् ।धेरैजसो सवारीले थर्ड पार्टी इन्स्योरेन्स मात्र गरेका हुन्छन् ।

प्राधिकरण अनुसार आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट कुल २३ अर्ब ४४ करोड रुपैयाँ बढीको बीमा दाबी परेको छ । १४ निजीवन र ३ लघु निर्जीवन बीमा कम्पनीहरूमा कुल ३ हजार ३०० दाबी परेको हो ।

1

Scroll to Top