राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनालाई पुत्र लाभ भएको छ। केही समय अघि सिभिल अस्पताल भर्ना भएकी दर्शनालाई पुत्र लाभ भएको पारिवारिक स्रोतले जनाएको छ। रञ्जु दर्शनालाई हाल पार्टीका नेताहरू, कार्यकर्ताहरू तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत बधाई दिँदै आमा र शिशुको सुस्वास्थ्यको कामना गरेका छन्।
रन्जु दर्शना काठमाडौँ क्षेत्र न.१ बाट रास्वपाकी प्रत्यक्ष उम्मेदवार हुन ।


