जिल्ला प्रशासन कार्यालय, मोरङले फागुन १७ र १८ गते आकस्मिकबाहेकका सेवा बन्द हुने जनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्पन्न गर्न कर्मचारी निर्वाचनसम्बन्धी काममा खटिनुपर्ने भएकाले ती दुई दिन नियमित सेवा प्रवाह प्रभावित हुने कार्यालयले जनाएको हो ।
कार्यालयद्वारा जारी सूचनामा निर्वाचन कार्यमा कर्मचारी खटिनुपर्ने भएकाले उक्त अवधिमा सेवा प्रवाहमा अवरोध आउने उल्लेख गरिएको छ। यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कार्यालयले क्षमायाचनासमेत गरेको छ। निर्वाचन कार्य सम्पन्न भएसँगै सेवा पुनः नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।


