नवनिर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बिहीबार बिहान शपथअघि पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकतर्फ ४ जना सांसद जितेको छ। संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसहित खुश्बु ओली, भरत गिरी र सरस्वती लामाले दर्शन गरेका हुन्।
पशुपतिनाथ दर्शन गरेपछि सांसद खुश्बु ओलीले आफूहरूले पशुपतिनाथ मन्दिरमा पुगेर आफ्नो आस्थाअनुसार शपथ लिएको उल्लेख गरेकी छिन् । दर्शनपश्चात् नेता शाहीले आगामी दिनमा संसदमार्फत हिन्दू राष्ट्र पुनःस्थापना गर्ने लक्ष्यसहित अघि बढ्ने पनि स्पष्ट पारे। यस्तै सांसद् ताहिर अली काश्मिरी मस्जिद गएर पूजाआजा गरेका छन् ।


