Banijya News

तोलामा २ हजार ८ सयले घट्यो सुनको मूल्य

1
1.0K Shares

स्थानीय बजारमा आइतबार पहेँलो धातु सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला दुई लाख ९३ हजार ७०० मा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने दुई लाख ९० हजार ९०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला पाँच हजार ११५ मा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि भने पाँच हजार १० निर्धारण भएको छ ।

1

Scroll to Top