Banijya News

रास्वपा महामन्त्रीको चुनावी दौड अन्तिम चरणमा : ३ जनाले नाम फिर्ता लिएपछि ५ नेता मैदानमा

1
1.0K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनअन्तर्गत महामन्त्री पदको चुनावी प्रतिस्पर्धा निकै रोचक र पेचिलो मोडमा पुगेको छ। सुरुवाती चरणमा यो शक्तिशाली र महत्वपूर्ण पदका लागि कुल १० जना आकांक्षी नेताहरूले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। तर, उम्मेदवारी फिर्ता लिने क्रम सुरु भएसँगै पहिलो चरणमा नेता जगदीश खरेल र कविन्द्र बुर्लाकोटीले आफ्नो नाम फिर्ता लिएपछि चुनावी मैदानमा ८ जना प्रत्यासीहरू बाँकी रहेका थिए।

निर्वाचन आयोगले ८ जनाको नामावली सार्वजनिक गरेपछि अन्तिम समयमा आएर फेरि नाटकीय फेरबदल भयो र थप ३ जना दाबेदारहरू प्रमोद न्यौपाने, राजुनाथ पाण्डे र गणेश पराजुलीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिए। नेताहरूले नाम फिर्ता लिने यो क्रमसँगै चुनावी मैदान निकै साँघुरिएको छ। अब रास्वपाको सङ्गठन हाक्ने एक मात्र महामन्त्री पदका लागि मनिष झा, रन्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिनकुमार आचार्यबीच अन्तिम महाभिडन्त हुने तय भएको छ।

1

Scroll to Top