Banijya News

बजेट कार्यान्वयन र पूँजीगत खर्चमा व्यापक सुधार गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

1
1.0K Shares

चालु आर्थिक वर्षमा पूँजीगत खर्च सन्तोषजनक हुन नसकेको यथार्थलाई स्वीकार गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्षदेखि यो निराशाजनक अवस्थाको अन्त्य गर्ने दृढता व्यक्त गरेका छन्। प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिँदै उनले हालसम्म ३५ प्रतिशत पनि पूँजीगत खर्च हुन नसकेको यथार्थ औंल्याए ।

आगामी वर्षको बजेटले विभिन्न क्षेत्रगत सुधारका कदमहरू चालेको र त्यसको सकारात्मक नतिजा चाँडै देखिने दाबी गर्दै अर्थमन्त्री वाग्लेले भने । ‘वर्तमान सरकारले अहिले अघिल्लो सरकारकै बजेट कार्यान्वयन गरिरहेको छ। तर, अब पूँजीगत खर्च बढाउन सकेमा त्यसले विकास मात्र नभई राजस्व संकलनमा समेत उल्लेख्य सुधार ल्याउनेछ।’

यसका साथै, नयाँ बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्कका सम्बन्धमा स्पष्ट पार्दै उनले यस व्यवस्थाले विपन्न तथा ‘भुइँ मान्छे’ लाई कुनै पनि प्रकारको नकारात्मक असर नपार्ने दाबी पुनः दोहोर्‍याएका छन्।

1

Scroll to Top