Banijya News

बुधबार शपथ लिदै रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रिय सदस्यहरु

1
1.0K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आगामी बुधबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। चितवनको भरतपुरमा असार ७ गतेदेखि १२ गतेसम्म चलेको महाधिवेशनबाट निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यहरूका लागि बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा शपथ ग्रहण कार्यक्रम तय गरिएको महामन्त्री विपिन आचार्यले जानकारी दिएका छन्।

उक्त महाधिवेशनबाट पार्टी सभापतिमा रवि लामिछाने भने निर्विरोध निर्वाचित भई भरतपुरमै शपथ लिइसकेका छन्। घण्टीघरमा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएलगत्तै रास्वपाले नयाँ केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ। महामन्त्री आचार्यका अनुसार सोही बैठकमा पार्टीको विधानबमोजिम थप गरिने मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको चयन र कार्यविभाजनका विषयमा विस्तृत छलफल हुनेछ। पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न गरेपछि बस्न लागेको रास्वपाको यो केन्द्रीय समिति बैठकलाई पार्टीको आगामी राजनीतिक दिशा र साङ्गठनिक सुदृढीकरणका दृष्टिकोणले निकै महत्त्वका साथ हेरिएको छ।

1

Scroll to Top