कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौँको टोखा रोडमा आफ्नो नयाँ शोरूम सञ्चालनमा ल्याएर उपत्यकाभित्र रिटेल नेटवर्कलाई अझ मजबुत बनाएको छ । जगदम्बा इन्टरनेसनलीसँगको व्यापारिक साझेदारीमा खोलिएको यस शोरूमले स्थानीय घरधनी, इन्टेरियर डिजाइनर तथा निर्माण व्यवसायीहरूलाई लक्षित गरेको छ । यसको मुख्य उद्देश्य विश्वस्तरीय ब्रान्डका वाल र फ्लोर टायलहरू सहजै स्थानीय ग्राहकमाझ पुर्याउनु हो ।
ग्राहकको सुविधालाई ध्यानमा राखेर तयार पारिएको यो शोरूम आधुनिक र आकर्षक छ, जहाँ ग्राहकले उत्कृष्ट सपिङ अनुभव पाउनेछन् । यहाँ आउने आगन्तुकहरूले टायलका विविध डिजाइनहरूलाई नजिकबाट हेर्न र स्पर्श गरेर अनुभव गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसले गर्दा ग्राहकहरूलाई आफ्ना व्यक्तिगत वा व्यावसायिक निर्माण कार्यका लागि उपयुक्त टेक्सचर, प्याटर्न र साइजका टायलहरू प्रत्यक्ष रोज्न निकै सहज हुने विश्वास लिइएको छ ।
शोरूम उद्घाटनका अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले जगदम्बा इन्टरनेसनलसँगको सहकार्य टोखा रोड र यस आसपासका द्रुत गतिमा विकास भइरहेका क्षेत्रमा सेवा दिने उद्देश्यले गरिएको बताए । उनले विश्वस्तरीय कलेक्सनहरू स्थानीय बासिन्दाकै पायक पर्ने ठाउँमा उपलब्ध गराएर घर निर्माण र मर्मतको कामलाई सजिलो बनाउन आफूहरू प्रतिबद्ध रहेको र ग्राहकले आफ्नो रोजाइअनुसारको उच्च गुणस्तर र आधुनिक डिजाइन पाउने उल्लेख गरे । यो शोरूम हाल सर्वसाधारणका लागि खुला भइसकेको छ ।
नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरेको कजारिया रमेश टायल्सले आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्ड अपनाएर स्वदेशी टायल बजारलाई नयाँ उचाइ दिएको छ । कम्पनीको व्यावसायिक सफलता र बजार नेतृत्वलाई विभिन्न अन्तर्राष्ट्रिय सम्मानहरूले पनि प्रमाणित गरेका छन् । यो ब्राण्ड ‘सुपरब्राण्ड २०२५’ को उपाधि, ‘एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता पाउनुका साथै विश्वका शीर्ष ८ टायल उत्पादकहरूको सूचीमा पर्न सफल भइसकेको छ ।


