Banijya News

नेप्सेमा ८.७८ अंकको वृद्धि, ४ अर्ब माथिको कारोबार

1
1.0K Shares

साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि आएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले बढेर २,६६१.७१ विन्दुमा कायम भएको छ ।

आज बजारमा ३५९ कम्पनीका कुल ८९ लाख ६४ हजार २२३ कित्ता सेयर कारोबारमार्फत ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ।

आजको कारोबारको ट्रेन्ड हेर्दा बजार सुरुवाती समयमा केही ओरालो लागे पनि दिउँसो १स्४५ पछि भने सुधारको लय समातेको थियो । बजार बन्द हुने समयमा परिसूचक उच्च विन्दुमा पुगेको थियो। आज पाँच वटा कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ ।

अपर लोहोरे हाइड्रोपावर र कलङ्गा हाइड्रो १५ प्रतिशतले वृद्धि हुँदा स्नो रिभर लिमिटेड र सानिगढ हाइड्रोपावर समेत सर्किट लेभलमा बढेका छन् । धवलागिरी लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर समेत दोहोरो अङ्कले बढेको छ । कुल १०८ कम्पनीको मूल्य बढ्दा १५२ कम्पनीको मूल्यमा गिरावट आएको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

 

 

1

Scroll to Top