सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सातवटा शाखा कार्यालयहरूलाई अन्य पायक पर्ने शाखाहरूमा समायोजन (मर्ज) गरी एकीकृत कारोबार सुरु गर्ने भएको छ। बैंकले काठमाडौं, ललितपुर र पोखराका विभिन्न शाखाहरूलाई निश्चित कार्यालयहरूमा गाभ्न लागेको जानकारी दिएको हो।
बैंकद्वारा जारी सूचना अनुसार, काठमाडौंभित्रका कालोपुल शाखालाई चाबहिलमा, कुलेश्वर शाखालाई कालिमाटीमा र नरदेवी शाखालाई पुतलीसडक शाखामा समायोजन गरिनेछ। यसैगरी, ललितपुरको जावलाखेल शाखालाई बी एण्ड बी शाखामा गाभिनेछ भने पोखरा क्षेत्रका चिप्लेढुंगा र बुद्धचोक शाखालाई सभागृहचोकस्थित शाखामा तथा बगर शाखालाई पस्र्याङ शाखामा स्थानान्तरण गरी सेवा चुस्त बनाइनेछ।
यी सबै स्थानान्तरित शाखाहरूबाट आगामी साउन १ गतेदेखि एकीकृत रूपमा सेवा तथा कारोबार सञ्चालन हुनेछ। यस प्रक्रियामा ग्राहकका लकरहरू समेत स्थानान्तरण हुने भएकाले लकरमा राखिएका कुनै पनि टुटफुट हुन सक्ने (कमजोर) सामग्रीहरू भएमा असार २६ गतेभित्रै निकालिसक्न बैंकले आफ्ना ग्राहकवर्गलाई विशेष आग्रह गरेको छ।


