सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतबीच भारतीय रुपैयाँको सीमापार भुक्तानीलाई तीव्र र सहज बनाउन अत्याधुनिक एपीआईमा आधारित भुक्तानी प्रणाली सुरु भएको छ । यस साझेदारीसँगै स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग क्रस–बोर्ड भुक्तानीका लागि यस्तो डिजिटल सञ्जाल जोड्ने सानिमा बैंक नेपालकै पहिलो बैंक बन्न सफल भएको छ ।
यो प्रविधिको सुरुवातसँगै अब पुराना र झन्झटिला म्यानुअल तथा ब्याचमा आधारित प्रक्रियाहरूको अन्त्य भई पूर्ण रूपमा स्वचालित र वास्तविक समयमै भुक्तानी हुने आधुनिक इकोसिस्टम लागू हुनेछ । आगामी दिनमा यी दुई बैंकबीच अमेरिकी डलर भुक्तानीका लागि पनि यस्तै प्रणाली विस्तार गर्ने समझदारी भइसकेको छ ।


