Banijya News

नेप्सेका सीईओ चुडामणि चापागाईंद्वारा राजीनामा

1
1.0K Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले आफ्नो कार्यकाल पूरा नहुँदै पदबाट राजीनामा दिएका छन्। उनले सोमबार बिहान अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्।

२०८१ चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नियुक्त भएका चापागाईंले सरकारको कुनै दबाब नभई पूर्ण रूपमा व्यक्तिगत कारणले पद छाडेको स्पष्ट पारेका छन्। यसअघि सरकारले अध्यादेशमार्फत अघिल्ला नियुक्तिहरू खारेज गर्दा समेत उनको पद यथावत रहेको थियो। तर, नियुक्ति भएको छोटो समयमै उनले आकस्मिक रूपमा पदबाट हात निकालेका छन ।

चापागाईंको यो अप्रत्याशित बहिर्गमनसँगै अब अर्थ मन्त्रालयले नेप्सेको नयाँ सीईओ चयनका लागि छिट्टै कानुनी प्रक्रिया अघि बढाउनुपर्ने भएको छ।

1

Scroll to Top